यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २४ गते

६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयकाडिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।

आफू घरमा बसीरहेको अवस्थामा आरोपितले घरमा आएर यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते पाल्पा अस्पतालमा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना