यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन १९ गते

३२  महिने नातिनीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ५८ वर्षीय हजुरबुबालाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर प्रदीप सुवेदीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १८ गते गरिएको छ ।


बविता मैनाली