यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–३ काहुलेका २२ वर्षीय दिवाहाङ भनिने देव वान्तवा राईविरूद्ध साउन १० गते प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र अन्तिम पटक साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी भाउजुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीमा उजुरी आए लगत्तै आरोपित फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १० गते गरिएको छ ।


तारानाथ फुयल