यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार २८ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगरलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

बालिकालाई ललाइफकाई यौन दुर्व्यवहार गरिएकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको पीडितका बुवाले बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २८ गते डडेल्धुरा अस्पतालमा गरिएको छ ।


भूपेन्द्र बिष्ट