यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार २८ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–५ पालडाँडाका ४५ वर्षीय लोकमान गुरुङलाई असार २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असार २६ गते दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले असार २६ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिनु भएको छ ।

आफू घाँस काट्न जङ्गल गएको र घरमा कोही नभएको मौका छोपेर यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बाल यौन दुरूपयोग मुद्दा चलाइएको इन्सपेक्टर  बिरेन्द्र केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।


नारायण पराजुली