यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
६ वर्षीया बालिकालाई ०७९ असार १९ गते चन्द्रपुर नपा–४ का ५५ वर्षीय बन्हु चौधरी थारुले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रपुरमा असार २१ उजुरी दिएकी छिन् ।
पीडित परिवारले दिएको उजुरी सोही दिन दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल प्रसाद जयसवालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा असार २१ गते गरिएको अस्पतालका डा. कृष्ण साहले बताउनु भयो ।
आरोपित थारुलाई असार २१ गते घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी जयसवालले बताउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते…