यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले के. आइ .सिंह गाउँपालिका काफली टोलका २४ वर्षीय शिद्ध कठायतलाई असार १२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १२ गते ईलाका प्रहरी कार्यालय, वायलमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई काफली गाउँबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सारदाकुमार चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।
घटनाका अरोपित कठायत मष्टेश्वरी आधारभूत विद्यालयका शिक्षक समेत हुनु हुन्छ ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…