यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार २ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–१२ का २२ वर्षीय अनिल जयसवाललाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  जेठ ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिनु भयो ।

आफु आरोपितको घरको  छतमा कपडा सुकाउन जाँदा जबरजस्ती सेल्फी खिचेर अन्य केटाहरूलाई पठाएको र दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

उजुरीका आधारमा कारवाही गिरफ्तार गरी  थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।


रीमा बिसी