यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले प्यूठान नगरपालिका– ३ का २५ वर्षीय गोविन्द्र विकलाई जेठ २५ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले जेठ २४ गते इलाका प्रहरी कार्यालय बिजुवारमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकले बताउनु भयो ।
बालिका खेली रहेको समयमा यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला
बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने…
बलात्कार अभियोगीलाई १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।…
बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको…