यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ १२ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–७ हरिपुरका २१ वर्षीय जागेश्वर ठाकुरलाई जेठ १० गते गिरफ्तार गरेको छ ।

सप्तरी जिल्ला अदालतबाट ०७८ मङ्सिर २३ गते पक्राउ पुर्जी जारी भएदेखि ‘फरार’ रहेका आरोपितलाई गाउँघरबाटै गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७८ मङ्सिर २२ गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ मङ्सिर २२ गरिएको थियो ।


मनोहरकुमार पोखरेल