यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या

  ०७९ जेठ ११ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् ।

जेठ १० गते समान किन्न आएकी बालिकालाई छिमेकी पर्ने मालीले ललाईफकाई कोठामा लगेर यौन दुर्व्यवहार गरिरहेको अवस्थामा बालिकाको उद्धार गरिएको भएपनि घटनामा संलग्न मालीले घरकै पङ्खामा झुण्डिएर आत्महत्या गरेको स्थानीय राजु चौधरीले बताउनु भयो ।

आत्महत्या गरेका मालीको शब पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ ।

आरोपित मालीले कुटपिट गर्दा आँखा, घाँटी र अनुहारमा चोट लागेर घाइते भएकी बालिकाको  महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले आत्महत्या गर्ने व्यक्तिले बालिकालाई बलात्कार गर्नका लागि कुटपिट समेत गरेको देखिएको बताउनु भयो ।

उहाँले बालिकालाई दुर्व्यवहार भइरहेको अवस्थामा होहल्ला भएपछि छिमेकीहरुले बालिकाको उद्धार गरेको भएपनि घटनाका आरोपितले आत्महत्या गरेकाले घटनाको थप अनुसन्धान भइरहेको बताउनु भयो ।


लिली कुँवर