यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख १७ गते

६ वर्षीया बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १६ गते इलाका प्रहरी कार्यालय वसन्तपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिमराज ओलीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १६ गते गरिएको छ ।


सुरेश खत्री