यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख १८ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबुलाई वैशाख १७ गते गिरफ्तार गरेको छ ।

छोरीलाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शङ्करप्रसाद चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १७ गते गरिएको छ ।


तारानाथ फुयल