यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख ४ गते

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३५ वर्षीय दिपेन्द्र याम्फु राईलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७८ चैत २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद् चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदरबारी नगरपालिका-१ बाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जीवन गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३ गते गरिएको छ ।


भविन कार्की