यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख १ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ फरदवाका २२ वर्षीय आदेश पटेललाई चैत २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २७ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडित पक्षले चैत २८ गते नै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएलगत्तै प्रहरीले सोही दिन पटेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

पीडित बालिकको स्वास्थ्य परीक्षण नारायणी अस्पताल, बीरगंजमा चैत २८ गते गरिएको छ ।


कृष्णचन्द्र लामिछाने