यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई विष्णुपुर गाउँपालिका–६ स्थित रुद्रनारायण माध्यमिक विद्यालयका सहायक कर्मचारी ३५ वर्षीय शङ्करकुमार यादवले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका हजुरबुबाले चैत २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
छात्रवृत्तिको फारम भर्न लेखा शाखाको कोठामा गएको बेला पीडित बालिकालाई आरोपितले चैत २१ गते यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताइन् ।
रुँदैकराउँदै लेखा शाखाको कोठाबाट निक्लिएर कक्षाकी महिला शिक्षकालाई घटनाबारे जानकारी गराएकी पीडितले अधिकांश शिक्षकहरूले घटना थाहा पाएपछि आफूलाई घरमा कसैलाई नभन्नु भनेर त्रास देखाएर पठाएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लेले बैठकका लागि भारत र डिएसपी माधवप्रसाद काफ्ले घरविदामा जानु भएकाले उजुरी लिएर चैत २७ गते कार्यालय आउन इन्स्पेक्टर रामनारायण सिंहले फर्काएको पीडितका काकाले बताए ।
यसैबिच विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले आरोपितलाई विद्यालयमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ ।
सतनारायण यादवको अध्यक्षतामा चैत २३ गते बसेको बैठकले छात्राको निवेदन र वयानका आधारमा पीडितको न्याय निरूपण नभएसम्मका लागि उपस्थित हुन नपाउने गरी निलम्बन गरिएको बैठकमा सहभागी प्रधानाध्यापक तेजनारायण यादवले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…