यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ चैत ११ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढी गाउँपालिका–२ भमरीका १६ र १७ वर्षीय बालकलाई चैत ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्घयले ०७८ चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ९ गते इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर घनेन्द्र खजुङ्गले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ९ गते गरिएको छ ।


जयकृष्ण यादव