यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ ।
पीडितका बुबाले दिएको उजुरी र पीडितको प्रारम्भिक वयानपछि उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनु भयो ।
जुम्ल्याहा दिदीबहिनी सुतेको कोठाको ढोका माथिको भेण्टिलेटर तोडेर भित्र प्रवेश गरेका आरोपितले माघ २ गते राति दुर्व्यवहार गरेको पीडितहरूले आरोप लगाएका छन् ।
पीडितहरूले होहल्ला गरेपछि गाउँलेहरू भेला भई आरोपितलाई कुटपिट समेत गरेको स्थानीयवासीले बताए । स्थानीयवासीले नियन्त्रणमा लिएर आरोपितलाई प्रहरीसमक्ष बुझाएका हुन् ।
पीडितले हात समातेर दुर्व्यवहार गरेको वयान दिएकाले हाल स्वास्थ्य परीक्षण नगरिएको इन्स्पेक्टर साहले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…