यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ माघ ३ गते

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–२ का ५१ वर्षीय शिव कोइरालालाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा माघ २ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी मुकारुङले बताउनु भयो ।

आरोपित नेपाली कांग्रेस प्रदेश १‚ समिति सदस्य रहेको प्रहरीको भनाइ छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २ गते गरिएको छ ।


इन्सेक प्रदेश १‚ कार्यालय विराटनगर