यौन दुर्व्यवहार घटनाका आरोपितलाई १ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ घर भइ पैयूँ गाउँपालिका–४ हुवास बस्ने २५ वर्षीय एलनबहादुर शाहीलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश बलराम त्रिपाठीको पुस २९ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई पर्वत जिल्ला अदालतको ०७८ पुस २९ गतेको फैसलाले आरोपितलाई १ वर्ष ६ महिना कैद र १० हजार जरिबानाको फैसला गरेको जिल्ला अदालत पर्वतका श्रेस्तेदार रामबहादुर थापाले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले २०७६ फागुन १६ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७६ फागुन १९ गते हुवास इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी उनीविरुद्ध २०७६ चैत्र १० गते बाल यौन दुरुपयोग शीर्षक अन्तरगत मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतको चैत्र ११ गतेको आदेशले आरोपितलाई १ लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १९ गते जिल्ला अस्पताल पर्वतमा गरिएको थियो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १६ गते)
असार १६ गते ३६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका २० वर्षीय साजन प्रजालाई प्रहरीले असार १५ गते राती गिरफ्तार गरेको…
जलाउँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण, घटनाको अनुसन्धान सुरु
बहुदरमाई नगरपालिका–७, बिश्रामपुर टोलकी १५ वर्षीया महिमाकुमारी साह कलवारलाई आफ्नै परिवारका सदस्यले कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका–७, छपकैयाबाट जलाइरहेको शव असार १५ गते राति नियन्त्रणमा लिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ । अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज…