यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ र १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पुस ९ गते गिरफ्तार गरेको छ ।
आरोपितहरू विरूद्ध पीडितहरूका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७८ भदौ ९ गते संयुक्त उजुरी दिएका थिए ।
पीडितहरूका अनुसार शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित पूर्व–पश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैचामा भदौ ६ गते राति आरोपितहरूले यौन दुर्व्यवहार गरेका थिए ।
शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर घर फर्किरहेका बालिकाहरूलाई डोरीको पासो लगाई आरोपितहरूले मुख थुनेर यौन दुर्व्यवहार गरेको पीडितहरुले आरोप छ ।
आरोपितहरूविरुद्ध भदौ ९ गते उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ भदौ ९ गते गरिएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…