यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७८ पुस ११ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बुद्धभूमि नगरपालिका–६ का २१ वर्षीय महिकुन केवटविरूद्ध पुस ९ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले मङ्सिर १८ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस ९ गते उजुरी आएको र पुस ११ गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

आरोपित घटनापछि ‘फरार’ भएकाले खोजी भइरहेको डिएसपी भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ९ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।


पार्वती आचार्य