यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर २९ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काभ्रेपलान्चोक, चौँरीदेउराली गाउँपालिका‒१ का ३० वर्षीय प्रेमबहादुर खड्कालाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ओमप्रकाश यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २६ गते गरिएको छ ।


भोजराज कार्की