यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ मङ्सिर ९ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालय जलजला गाउँपालिका–४ का २७ वर्षीय विष्णु आचार्यलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर ६ गते एकान्त ठाउँमा लगेर अश्लील भिडियो देखाउँदै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी र मङ्सिर ७ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

16 days campaign

पीडित पक्षको मौखिक उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते पर्वत अस्पतालमा गरिएको छ ।


सन्तोष थापा