यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप
२९ वर्षीया महिलालाई कात्तिक १० गते हरिवन नपा–९ का सुकदेव कार्की र अन्य नाम थाहा नभएका व्यक्तिहरूले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।
पीडित महिलालाई आरोपितले कात्तिक ३ गते उपचारमा सहयोग गर्ने भनी लगेकोमा कात्तिक ९ गते पीडित महिलालाई कार्कीका सहयोगीहरूले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
कातिक १२ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कार्कीविरुद्ध उजुरी दर्ता गराउन गएपनि जिल्ला प्रहरी कार्यालयले पनि उजुरी दर्ता नगरेको पीडितका दाजूले इन्सेक प्रतिनिधिलाई बताए ।
पीडित आठ वर्षदेखि मानसिक बिारामी भएकाले उपचारमा सहयोग गर्छौ भनी आरोपितहरूले लगेको पीडित पक्षले जनायो । कार्कीले भने झुठा आरोप लगाएको भनी आरोपलाई इन्कार गरेको प्रहरीले जनायो ।
पीडितले कुनै उजुरी नै नल्याएको उल्लेख गर्दै इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अवधेश यादवले पीडितले उजुरी ल्याए अनुसन्धान गर्ने बताउनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…