यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक १२ गते

६ वर्षीया बालालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय आफन्तलाई प्रहरीले कात्तिक ११ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते चरिकोट अस्पतालमा गरिएको छ ।


उद्धव पोखरेल