यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज २१ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बुबालाई असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई असोज १३ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी भाउजुले इलाका प्रहरी कार्यालय कडरबोनामा असोज १४ गते उजुरी दिएकी थिइन् ।

रोइकराई गुहार गरेपछि बलात्कार हुनबाट जोगिएको पीडितले बताएकी छन् । पीडितकी आमाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज १४ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय कडरबोनाले आरोपितविरूद्ध असोज १४ गते उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरेर कारवाही प्रकृया अगाडि बढाएको इन्स्पेक्टर वीरेन्द्रकुमार पासवानले बताउनु भयो ।


मनोहरकुमार पोखरेल