यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका ६१ वर्षीय लक्ष्मण श्रेष्ठलाई प्रहरीले ०७८ असोज ११ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असोज ६ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवुले असोज १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चौतारा अस्पतालमा असोज १० गते गरिएको अस्पतालका प्रमुख डाक्टर करुणा बज्राचार्यले बताउनु भयो ।


नातिबावु धिताल