यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ असोज ५ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का १८ वर्षीय राजकुमार रायमाझीलाई प्रहरीले असोज ४ गते हिलेदेवीको साँदीडाँडाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बारम्बार फोन गरेर प्रलोभन देखाई असोज २ गते आफ्नै कोठामा बोलाई दुर्व्यवहार गरेको भन्दै आरोपित पीडितका आफन्तले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर श्रीशंकर श्रेष्ठले बताउनु भयो ।

आरोपित रायमाझीलाई जिल्ला अदालतबाट असोज ४ गते तीन दिनको म्याद थपगरी अनुसन्धान सुरु गरिएको इन्सपेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ३ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा गरिएको छ ।


नवराज घिमिरे