यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७८ साउन ६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा पीडितपक्षले कोहलपुर नगरपालिका –११ का ३२ वर्षीय महादेव कुँवर विरूद्ध साउन ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो ।  पीडितपक्षको मौखिक जानकारीका आधारमा प्रहरीले आरोपितलाई साउन ३ गते  गिरफ्तार  गरेको असई बारघाटेले बताउनु भयो ।

पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।


स्मृति देवकोटा