यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ साउन २ गते

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर सार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ माघ १३ गतेदेखि पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार ३१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा अरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन