यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२२ ओखलेडाँडाका ३३ वर्षीय विश्वराज बास्तोलालाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विद्यालयमा दुर्व्यवहार गर्ने गरेको भन्दै पीडित पक्षले आरोेपितविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा असार २३ गते उजुरी दियो ।
पीडितमा केही समयबाट झोक्राउने र कोहीसँग नबोली बस्ने जस्ता समस्या देखिएपछि पीडितका अभिभावकले उनलाई अस्पताल लगेपछि पीडितले दुर्व्यवहारको घटनाबारे बताएकी थिइन् ।
घटना बाहिर आएपछि परिवार र गाउँले मिलेर आरोपितलाई असार २३ गते कुटपिट गरेका थिए ।
कुटपिट घटनाको जानकारी पाएपछि वडा प्रहरी कार्यालय छोरेपाटनको टोलीले बास्तोलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगेको थियो ।
घटनाको अनुसन्धान गर्दा दुर्व्यवहारको घटना बाहिर आएपछि पीडित पक्षलाई प्रहरीले आरोपितविरूद्ध उजुरी दिन लगाएका थिए ।
पीडित पक्षको उजुरीमा पीडितलाई आरोपितले पटकपटक दुर्व्यवहार गर्नुका साथै अश्लिल सन्देश पनि पठाउने गरेको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
कुटपिटबाट घाइते भएका आरोपितलाई सामान्य उपचारपछि गिरफ्तार गरी जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।
सुशन घिमिरे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…