यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ २२ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–७ गुण्डुका हरिकृष्ण कोजु र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका चुलाई मुखियालाई जेठ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपित कोजूले गुण्डुस्थित आफ्नै घरमा भोज खान भन्दै बोलाएर ०७७ मङ्सिर १६ गते र मुखियाले ०७७ फागुन १ गते सल्लाघारीमा तेक्वाण्डो सिक्न जाँदा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले जेठ १९ गते महानगरीय प्रहरी वृत्त जगातीमा उजुरी दिएको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरेको वृत्तका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण नगरिएको डिएसपी गिरीले बताउनु भएको छ ।


रमेश गिरी