यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७८ वैशाख ३० गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २८ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय काड्डभिट्टाले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा वैशाख २८ गते गरिएको छ ।


नरेश खाती