यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

   ०७८ वैशाख २७ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका ५८ वर्षीय गेहेन्द्र लामा बोम्जनलाई वैशाख २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन पीडित पक्षले महानगरीय प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

घटनापछि बालिकाले आमाबुबालाई जानकारी गराएपछि उजुरी परेको र सोही आधारमा आरोपितलाई घरैबाट गिरफ्प्तार गरिएको प्रहरीले जनाएको छ ।

आरोपितलाई वैशाख २६ गते गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्की क्षेत्रीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २६ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे