यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले सल्यान जिल्ला बागचौर नपा–२ का २८ वर्षीय किरण खड्का विरूद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दर्ता गरेका छन् ।
पीडितलाई आरोपितले चैत ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । आरोपित फरार रहेको र खोजी भइरहेको डिएसपी सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।
यसैगरी, ३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै तुलसीपुर उपमनपा–५ का २८ वर्षीय यमकान्त भुसाल विरूद्ध पीडितपक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् । पीडितले आरोपितलाई चैत ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी आएको र आरोपितको खोजी भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।
जयनारायण पुन
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…