यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत ६ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले लमही नपा–४ का ४२ वर्षीय कालिचरण परियारलाई  चैत ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले चैत ५ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय, लमहीका इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।

 


जयनारायण पुन