यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका-४ अम्रौलीका ७६ वर्षीय बरण महतोलाई असार १ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार १ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते नै भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी