यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७४ वैशाख ६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी मुकुन्द मरासिनीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ५ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।


रीमा बि.सी.