यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाइ यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-६ का १८ वर्षीय प्रमेश्वरकुमार यादवलाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा सोही दिन उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा वैशाख ५ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार घटनाका आरोपितलाई गिरफ्तार गर्नुअघि स्थानीयले कुटपिट गरेकोले लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा उपचार गरिएको छ ।


दुर्गा परियार