यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्लाही जिल्ला घरभई थुम्पाखर गाउँपालिका-६ स्थित एलायन्स बोर्डिङ स्कूलमा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय विजय लामा र भारतको दार्जलिङ घर भई सोही स्कूलमा शिक्षक पेशामा रहेका २६ वर्षीय अर्जुन तामाङलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितद्वयले वैशाख १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते ठूलोपाखर प्रहरी चौकीमा उजुरी दिएको थियो ।

पीडित बालिकाद्वयको स्वास्थ्य परीक्षण वैशाख २ गते प्राथमिक उपचार केन्द्र बाह्रबिसेमा गरिएको छ ।


नातिबावु धिताल