यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय नवलपुरमा वैशाख २ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


नारायण पराजुली