यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत २५ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, दोधारामा चैत २२ गते उजुरी दिएका थिए ।

पीडितका अविभावकले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपित खत्रीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, दोधाराका इन्स्पेक्टर विरादत्त पन्तले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २३ गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा गरिएको प्रहरीले जनाएको छ ।


कोमलनिरन्जन भाट