यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १० गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका – १ का ४३ वर्षीय मोहनप्रसाद दुलाललाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

आरोपितले फागुन ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका–१ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुलाल विरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर रोमनराज अर्यालले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ९ गते गरिएको छ ।


मङ्गल बेघा