यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारले चैत १४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज यादवले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते नै जनकपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


विनोदकुमार रविदास