यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ चैत १५ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १४ गते प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई मनोज पाण्डेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ परीक्षण चैत १४ गते दमौली अस्पताल तनहुँमा भएको प्रहरीले जनाएको छ ।


प्रकाशचन्द्र भट्टराई