यौन दुर्व्यवहार घटनाका आरोपितद्वय गिरफ्तार

  ०७६ पुस ८ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–३ का १९ वर्षीय तिलबहादुर श्रेष्ठ र सोही ठाँउका १८ वर्षीय शेखर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
आरोपितद्वयले पुस ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि ६ गते गिरफ्तार गरेको सई नविनकिशोर प्रधानले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ४ गते गरिएको छ ।


भगिश्वर लिम्बू