यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ पुस १ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते डर धम्की देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३० गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

पीडित पक्षले पुस १ गते लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते धौलागिरी अञ्चल अस्पताल बागलुङमा  गरिएको छ ।


सिर्जना पन्त