यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उत्तरगया गाउँपालिका–२ डाँडागाउँका २५ वर्षीय कुमार तामाङलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।

आफ्नै घरमा खेलिरहेकी बालिकालाई आरोपितले मङ्सिर २२ गते ललाइफकाइ आफ्नो कोठामा लगेर तामाङले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षको आरोप छ ।

पीडित बालिकालाई जिल्ला प्रहरी कार्यालयस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा मनोसामाजिक परामर्श गरी अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन स्थानीय डाँडागाउँ स्वास्थ्य चौकीमा गरिएको छ ।


हेमनाथ खतिवडा