यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मध्यविन्दु नपा–१२ का ४४ वर्षीय कमल गुरूङविरूद्ध मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ५ गते यौन दुर्व्यवहार गरेको भनी उजुरी आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते जिल्ला अस्पताल, भरतपुर चितवनमा गरिएको छ । घटनामा संलग्न आरोपित फारार रहेकाले खोजी कार्य भइरहेको इन्स्पेक्टर अधिकारीले जानकारी दिनु भएको छ ।


तिर्थराज डुम्रे